यी बुबा जसले आफ्नी १६ महिने छोरीको विवाह गरिदिए

Newslaya Home

यी बुबा जसले आफ्नी १६ महिने छोरीको विवाह गरिदिए

सोमबार २९, बैशाख २०७७

लण्डनका एक व्यक्तिले आफ्नी १६ महिने छोरीको विवाह गरिदिएका छन् । ३१ वर्षिय एन्डी बनार्डले आफ्नी १६ महिने छोरी पापीको विवाह गरिदिएका हुन् । पापीलाई ब्रेन क्यान्सर र मिर्गोलामा क्यान्सर भई छातीमा संक्रमण भइसकेको थियो ।

डाक्टरहरुले अब निको नहुने संकेत गरेसंगै बुबा आमाले घरमा ल्याएर पापीसँग केही रमाइला क्षण बिताउने निधो गरेर कहिल्यै नबिर्सने गरी विवाह गरिदिने योजना बनाएका थिए । एन्डीले छोरीको विवाह गर्ने सोच बनाएकोले त्यहि सोच पुरा गर्न यो वैवाहिक कार्यक्रम राखेको बताए । अन्य मानिसहरुले पनि छोरीको सम्झना गरुन भनेर रमाइलो गरिदिएको पापीको परिवारले जनाएको छ ।