मृतक शिशुसँग फोटोशुट !

Newslaya Home

मृतक शिशुसँग फोटोशुट !

बुधबार २४, बैशाख २०७७

सबै बाबु आमाले आफ्नो बच्चाको तस्वीर लिन चाहान्छन् तर एक जोडीलाई फोटो लिन पनि ठुलो सकस भएको छ । उक्त जोडीले आफ्नो मरेको बच्चासँग फोटो लिएका थिए । डर्बि रायल हस्पिटलमा जन्मिएकी एक बच्चीको मृत्यु १ घण्टामा भयो । ती बच्चाीलाई एडवर्ड सिंड्रोम रोग लागेको थियो ।

बच्चीको आमा हेले राइसले बताए अनुसार बच्चीसँगको फोटो जन्मेको दुई दिनपछि लिएका हुन् । यसैले उनको चर्को विरोध सहन परेको छ भने कसैले मजाक बनाएका छन् । तर ती आमा बाबुले भने जसलाई पिडा परेको छ उनीहरुले मात्र आफ्नो समस्या बुझ्ने बताएका छन् । उनीहरुले बच्चीको सम्झनाको लागि मात्र यहि एउटा तस्वीर भएको र यहि तस्वीरले उसको सम्झना मेटाउने बताएका छन् ।