बार्सिलोनाका खेलाडीहरुको कोरोना परीक्षण गरिदै

Newslaya Home

बार्सिलोनाका खेलाडीहरुको कोरोना परीक्षण गरिदै

बुधबार २४, बैशाख २०७७

काठमाडौँ । जुन महिनाबाट स्पेनिस लिग सुरु गर्ने सम्भावना बलियो हुँदै गएको छ । लिगको तयारीका लागि क्लबहरुले आफ्ना खेलाडीहरुलाई अभ्यासका लागि बोलाइसकेका छन् । पछिल्लो रिपोर्ट अनुसार बार्सिलोनाले बुधबार आफ्ना सबै खेलाडीहरुको कोरोना भाइरस परीक्षण गर्ने बताएको छ ।

स्पेनको स्वास्थ्य मन्त्रालयले अभ्यासका लागि अनुमति दिएसँगै खेलाडीहरुको कोरोना परीक्षण गर्न लागिएको हो ।

कोरोना भाइरसको महामारी फैलिएपछि मार्चदेखि स्पेनिस लिग हुन सकेको छैन ।

सुरुमा खेलाडीहरुले व्यक्तिगत अभ्यास गर्नुपर्ने र कोरोना परीक्षण पास भएपछि मात्रै अन्य प्रक्रियामा जाने क्लबले जनाएको छ ।