कोरोना भाइरसको संक्रमणबाट इटहरीका कटुवालको मृत्यु

Newslaya Home

कोरोना भाइरसको संक्रमणबाट इटहरीका कटुवालको मृत्यु

मङ्गलबार २३, बैशाख २०७७

इटहरी । कोरोना भाइरसको संक्रमणबाट इटहरी–५ का ५१ बर्ष लिलामान कटुवालको मृत्यु भएको छ । बैदेशिक रोजगारको लागि साउदीमा रहेका उनको कोरोना संक्रमणबाट मृत्यु भएको हो । 

उनलाई कोरोना संक्रमण भएपछि आइसोलेसनमा राखिएको थियो । ४/५ दिनदेखि घरमा सम्पर्क नहुँदा खोजखबर गरेपछि उनको मृत्यु बारे जानकारी पाएको थियो ।

चार दिन अघि मृत्यु भएका उनको आज (मंगलबार) बाट हिन्दु परम्परा अनुसार काजकिरिया सुरु गरिएको मृतका छिमेकी दुर्गा कार्कीले बताए ।

मृतक कटुवालको २५ र २२ वर्षीया दुई छोरी र १४ वर्षका एक छोरा छन् । उनका छोरा प्रसान काजकिरियामा बसेका छन् । मृतक कटुवालको शव नेपाल नआउने भएपछि आजैबाट १३ दिने काम सुरु गरिएको हो ।