तालतलैयाको दुम्सी मारेको अभियोगमा एक जना पक्राउ

Newslaya Home

तालतलैयाको दुम्सी मारेको अभियोगमा एक जना पक्राउ

सोमबार २२, बैशाख २०७७

इटहरी । इटहरीको वडा नम्बर २ र ३ स्थित रहेको तालतलैमा दुम्सी मारेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।

पर्यटकीय क्षेत्रमा संरक्षण गरेर राखिएको एक दुम्सीलाई ढुङ्गाले प्रहार गरि मारेको आरोपमा इटहरी–२ का रोवन भण्डारीलाई आइतबार नियन्त्रणमा लिइएको हो ।

घटनाबारे जानकारी पाउनसाथ प्रहरीको टोलीले खोजी गर्ने क्रममा मलखाडीमा लुकाएर राखेको अवस्थामा उक्त दुम्सी फेला पारेको जनाइएको छ । दुम्सीको मासु सहित पक्राउ परेका उनलाई वन कार्यलय तरहरामा बुझाइएको अस्थायी प्रहरी चौकी तालतलैयाका इन्चार्ज देवी रमण तिम्सिनाले जानकारी दिए ।