पार्किङमा राखिएको बसभित्रबाट दुई जोडी पक्राउ

Newslaya Home

पार्किङमा राखिएको बसभित्रबाट दुई जोडी पक्राउ

बिहीबार १८, बैशाख २०७७

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित पार्किङमा राखिएको बसबाट दुई जोडी पक्राउ परेका छन् ।

मंगलबार राति पार्किङ गरेर राखिएको बसभित्रबाट धनगढीका २४ वर्षीय दिलिप थापामगर र टीकापुरका १९ वर्षीय राम चौधरी र अन्य २ युवती पक्राउ परेका हुन् ।

स्थानीयले बसभित्र हल्ला भएको भन्दै प्रहरीलाई खबर गरेका थिए । पक्राउ परेका एक जना बसका सहचालक र अर्का उनको ासथी रहेको खुलेको छ ।

आफूहरु मंगलबार मात्रै काठमाडौंबाट आएको बताउने दुई युवतीका अभिभावकलाई बोलाएर कारबाहीको प्रक्रिया अगाडी बढाउने तयारी भएको प्रहरीले जनाएको छ ।