अनलाइन कक्षा बन्द गर्न पोखरा महानगरको निर्देशन

Newslaya Home

अनलाइन कक्षा बन्द गर्न पोखरा महानगरको निर्देशन

बिहीबार १८, बैशाख २०७७

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाले अनलाइन कक्षा बन्द गर्न निर्देशन दिएको छ ।

विद्यालयहरुले पूर्वाधारबिनै अनलाइन कक्षाहरु सन्चालन गरिरहेको उजुरी परेको भन्दै महानगरले तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

सम्पुर्ण विद्यालयहरुलाई परिपत्र गर्दै महानगरपालिकाले अनलाइन तथा इन्टरनेटको पहुँच नभएका विद्यार्थी र उनिहरुका अभिभावकलाई तनाव भएको उल्लेख गरेको छ ।

अनलाइन कक्षा सन्चालन गर्दा सम्पूर्ण विद्यार्थीहरुमा आवश्यक पूर्वाधार तथा इन्टरनेटको पहुँच नरहेको साथै सम्बन्धित निकायको अनुमति तथा आवश्यक पूर्वाधार बिनानै अनलाइन कक्षा सञ्चालन गर्दा समाजमा थप विकृति निम्त्याउनुका साथै अनलाइन कक्षाको पहुँचमा नरहेका विद्यार्थी तथा अभिभावकहरुलाई मानसिक दवावसमेत पर्ने गरेकाले अनलाइन कक्षा बन्द गराउनुपर्ने पत्रमा उल्लेख गरिएको छ ।