कौसी खेति गर्ने वातावरण मिलाऊ

Newslaya Home

कौसी खेति गर्ने वातावरण मिलाऊ

- बाबुराम कार्की
बिहीबार १८, बैशाख २०७७

विश्वमा महामारीको रुपमा फैलेको कोरोना भाइरस (कोभीड १९)ले सबै मानिस घरभित्र बस्न बाध्य छन् । तर, नेपालको ग्रामिण क्षेत्रमा बसोवास धेरै भएकाले गाउँका मानिसहरु शहरको भन्दा अलि सहज तरिकाले लकडाउनको पालना गरिरहेका छन् । गाउँमा खेति योग्य जमिनहरु हुनु र खुल्ला फाट भएकाले अलि सहज भएको छ । अधिकत्तर गाउँका मान्छे सामाजीक दुरी कायम गरेर कृषि कर्ममा लागीरहेका छन् ।

शहरमा बस्ने मानिसहरुलाई समेत लकडाउनको समयलाई कौसी खेतीतर्फ आकर्षित गर्न सकिन्छ । कौसी खेती तरकारी फलाउन मात्रै नभएर स्वास्थ्य र बातावरणका दृष्टिले समेत उपयोगी मानिन्छ । साथै आर्थिक क्रान्तिमा समेत यस खेतीले टेवा पु¥याउन सक्छ ।

बिभिन्न तरिकाले कौसीको प्रयोग गरिएपनि सदुपयोगमा आउन सकेको छैन । यहि कौसीमा विभिन्न खाले तरकारीहरु रोपेर खान सकिन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ ।

अहिले पनि नेपालका सहरहरुमा कौसी खेती गरेको पाइन्दैन । मुलुकलाई आत्मनिर्भर बनाउने कृषि भनिरहदा कौसीमा गर्ने तरकारी खेतीले यो लकडाउनको बेला घरमै ताजा तरकारी फलाएर अभियानलाई सहयोग पुर्याउन सकिन्छ ।

गमला, काठको बाकस र प्लाष्टिकका थैलाहरु, पुराना बाल्टी, बोराहरुमा आवश्यक मात्रामा माटो र कम्पोष्ट मल भरेर कौसी र छतमा गरिने तरकारी खेती नै कौसी खेती हो ।

तरकारी खेती गर्ने जग्गा नभएका तर कङ्क्रीटले ढलान गरिएका कौसी भएका सहरबासीहरुका लागि अति उपयोगी तरिका हो, कौसी तरकारी खेती । बोडी, खोर्सानी, सिमी, गोलभेडा, रायोसाग, काउली तरकारीहरुलाई गमला, प्लाष्टिक थैला, काठका बाकसहरुमा रोप्न सकिन्छ ।

दैनिक रुपमा घरबाट निक्लिने फोहोरबाट कम्पोष्ट मल तयार पार्न सकिन्छ । कौसी खेतीबाट हरियाली बढ्नुका साथै घरको शोभा पनि बढ्छ । शहरीकणको विकास सगै खेतीयोग्य जग्गा र खुल्ला ठाउको क्षेत्रफल घट्दै गइरहेको बेला सहरबासीहरुको छत र कौसीमा खेतीगर्न ढिला गर्नु हुदैन ।

छत र कौसीमा तरकारी र फुल खेती गर्दा छत बिग्रन्छ भन्ने मान्यताको कारण बाट पनि यस खेततिर्फ ध्यान गएको देखिदैन । कृषीमा पछिल्लो समय मानिसहरुको आकर्षण घटिरहेको बेला बिशेष गरि शहरि क्षेत्रमा खाद्यबस्तु उत्पादनको हिसाबले खाद्य असुरक्षाको समस्या छ ।

शहरबासीहरुका लागि आवश्यक पर्ने तरकारीहरु अन्यत्रबाट आपुर्तिे हुदा यस खेति तर्फ खासै चासो देखाएका छैनन् । कौसीमा उत्पादन हुने तरकारीले परिजवारलाई खाद्य उत्पादनमा आत्मनिर्भर बनाउन सकिन्छ ।

यसले तरकारी आपुर्तिमा सघाउ पुराउछ । छत र कौसीमा लगाइने बोट बिरुवा बाट बिभिन फाइदा पनि लिन सकिन्छ । जडिबुटीको रुपमा लगाइने तुलसी, पुदिना, घिउकुमारी आदिको प्रयो बिभिन्न रोगहरुका लागि स्वस्थ्यकर मानिन्छ । रुवाले हावाबाट कार्बण्डाइअक्साइड लिन्छ र अक्सिजन उत्पादन गरेर बाताबरणमा हावा छोडिदिन्छ । जसले गर्दा हावाको प्रदुषणलाई समेत न्युनिकरण गर्ने काम गर्छ ।

कौसीमा लगाएको बिभिन्न बिरुवाको कारण शहरको प्रदुषण र ध्वनिलाई समेत न्युनिकरण गर्ने भएकाले खेती गर्न आवश्यक भइसकेको छ । आफ्नै घरमा उत्पादित ताजा तरकारी खादा शरिर स्वास्थ्य हुनुका साथै स्फुर्त समेत हुने विज्ञहरु बताउछन् ।

कौसी तरकारी खेतीको फाइदा आर्थिक, सामाजिक र बातावरणीय हिसावले राम्रो मानिन्छ । शहरलाई हरियाली बनाउने, प्रदुषण कम गर्ने बातावरणको आद्रता बढाउने, तापक्रम घटाउने काममा महत्वपुर्ण भुमीका खेल्दछ । बिहान बेलुकाको फुर्सदको समयमा परिवारका सदस्यहरु बाट रेखदेख हुनेहुदा शारिरीक अभ्याससमेत हुन्छ ।

एकजना वयस्क मानिसलाई स्वास्थ्य रहन र शरिरको पौष्टिक आवश्यकता पुरा गर्न दैनिक खानामा १ सय २५ ग्राम हरियो सागपात, ८५ ग्राम जरे तरकारी, ८५ ग्रम फल तरकारी र ३० ग्राम गेडागुडी खानुपर्ने विज्ञहरु बताउछन् । प्रतिव्यक्ति ३ सय २५ ग्राम प्रतिदिन तरकारीको आवश्यकता पर्ने विज्ञहरु बताउछन् ।

कौसी र छतमा तरकारी खेती गर्दा बाह्रै महिना हरियाली रहने र धेरै समय सम्म उत्पादन लिन सकिन्छ । छतमा खेती गर्दा खेती गरिने तरकारी बाली निकासको प्रबन्ध, सुर्यको प्रकाश, लगायतका कुरामा ध्यान दिनु पर्दछ । छतमा तरकारी रोप्न माटो राख्नु भन्दा पहिले छतको ढलानमा सिलिकन र सिमेन्टको पेइन्ट गरेमा सिपेज हुदैन ।

बिरुवाको लागि चाहिने करिब २० देखी ३० सेन्टीमिटर ब्यास र ३० देखी ४० सेन्टीमिटर गहिराई र उचाइ भएको गमलाहरुको आवश्यक पर्दछ । छतमै पेटी बनाएर माटो भरेर खेती गर्ने पनि सकिन्छ । यसरी खेती गर्दा छतको सतहमा ३० देखी ४५ सेन्टीमिटर उचाई हुने गरि हलुका माटो राखि सतह मिलाउनु पर्दछ । गमला वा बोरा हरुमा तरकारी लगाउने हो भने लामो जरा नजाने सानो बोट हुने खालका गोलभेडा, खोर्सानी, भान्टा लगाउन सकिन्छ ।

छत वा कौसीमा खेती गर्नका लागि दुई भाग माटो, एक भाग बालुवा र एक भाग कम्पोष्ट मलको मिश्रण बनाई तयारी गर्नु पर्दछ । घरको भान्सा बाट दैनिक निस्कने फोहोर हरु तरकारी केलाएको फोहोर, आलुको बोक्रा, लगायतका सड्ने खालका फोहोर हरुलाई जम्मा राखी कुवाएर मल बनाउन सकिन्छ । चाडै मल बनाउन ई.एम झोलको प्रयोग गर्न सकिन्छ । यसरि तयारी गरिएको मललाई तरकारीका बोटहरुमा खाद्य तत्वको रुपमा प्रयोगमा ल्याउन सकिन्छ । चार, पाँच जनाको परिवारलाई ४० देखी ५० वटा गमला भए पुग्छ ।

कौसी तरकारी खेतीगर्न महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाले अभियान नै चलाउनु पर्ने बेला आएको छ । कौशी खेति गर्न चाहनेहरुका लागी नगर,उपमहानगर र महानगर पालिकाले कम्पोष्ट मल र माटोको व्यवस्था मिलाइ दिएर खेति गर्ने बातावरण बनाउनु पर्छ ।

1 प्रतिकृयाहरू प्राप्त
  • sitaram poudelलेख्नुहुन्छ
  • |
  • बिहीबार १८, बैशाख २०७७
ATI ramro sir