इंग्ल्याण्ड राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी चेरीको मृत्यु

Newslaya Home

इंग्ल्याण्ड राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी चेरीको मृत्यु

बिहीबार १८, बैशाख २०७७

काठमाडौं । इंग्ल्याण्ड राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी ट्रेभर चेरीको मृत्यु भएको छ । उनको ७२ बर्षको उमेरमा मृत्यु भएको हो ।

चेरीको पूर्वक्लब लिड्स युनाइटेडले उनको मृत्युलाई ‘अप्रत्याशित’ भनेको छ ।

उनले लिड्सबाट सन् १९७४ मा लिग च्याम्पियनसिपको उपाधी जितेका थिए ।

डिफेन्डरको भूमिकामा रहने उनले क्लबबाट ४८६ खेल खेलेका थिए । यस्तै उनले इंग्ल्याण्डको टिमबाट २७ खेलमा सहभागिता जनाएका थिए ।

एक पटक टिमको कप्तानी गरेका उनी सन् १९८० को युरोपियन च्याम्पियनसिपमा इंग्ल्याण्डको टोलीका सदस्य थिए ।