‘आउट अफ दि वल्ड’ नामक एस्ट्रोनोमिकल वेविनार सम्पन्न

Newslaya Home

‘आउट अफ दि वल्ड’ नामक एस्ट्रोनोमिकल वेविनार सम्पन्न

- शम्भु भण्डारी शर्मा
बुधबार १७, बैशाख २०७७

इटहरी । विज्ञान शिक्षक समाज (स्टान) प्रदेश १ र पोखरा खगोलीय समाजको संयुक्त आयोजनामा एक दिने ‘आउट अफ दि वल्ड’ नामक एस्ट्रोनोमिकल वेविनार सम्पन्न भएको छ ।

कक्षाकोठाबाट ब्रह्माण्ड कसरी सहज, सरल र प्रविधिको प्रयोग गरी पढाउन सकिन्छ भन्ने विषयमा केन्द्रित कार्यक्रममा पोखरा खगोलीय समाजका कार्यक्रम संयोजक सविन गौतम र महेश ठकुरीले प्रशिक्षण दिएका थिए । तालिम परिचय, प्रविधि, आविष्कार, तथा सफ्टवेयरको प्रयोग र मन्त्रीसँगको छलफल गरी तीन चरणमा गरिएको कार्यक्रममा स्टानले कोभिड १९ को विषयमा गरेको कार्यक्रमको विषयमा जानकारी दिइएको थियो ।

स्टानले गरेको ‘कम्व्याइटिङ कोविड–१९ विज्ञान शिक्षक’ अभियान अन्तर्गत २७ वटा डिजिटल सामाग्री निर्माण गरीसकेको, केन्द्र, प्रदेश र स्थानीय तह गरी विज्ञान शिक्षक समाज अनलाइन मिडियामा फैलाएको, हरेक सामाग्री २ लाख पटक हेरीसकेको पनि जानकारी गराएको छ ।

कार्यक्रमका प्रमु्ख अतिथि तथा प्रदेश १ का सामाजीक विकास मन्त्री जीवन घिमिरले सरकारका चालु कोरोना विरुद्धका कार्यक्रम र भावि योजनाको बारेमा जानकारी दिएका थिए । साथै समाजमा शिक्षकले समाजमा सहि सुचना दिन र सचेतना गराउन सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका आयोजकहरुले आउँदा दिनमा सेनिटाइजर निर्माण, एफएम, टिभि र अनलाइनबाट कक्षा सञ्चालन, कोरोना पश्चात क्वारेन्टाइनमा डिसइन्फेक्टेन निर्माण र वितरणलगायतका कामहरुमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अभय लिम्बुको अध्यक्षतामा सञ्चालित एक दिने कार्यक्रममा पूर्व विज्ञान तथा प्रविधि मन्त्री तथा वर्तमान संयोजक श्री गणेश साह विशेष अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा ७० भन्दा बढिको सहभागिता रहेको थियो ।

1 प्रतिकृयाहरू प्राप्त
  • Prabhu phuyalलेख्नुहुन्छ
  • |
  • बुधबार १७, बैशाख २०७७
कार्यक्रमको Vedios हरू भए हेर्न पाएदेखि अाभारी हुने थिए । कार्यक्रम गरेर जानकारी दिनु भएकाेमा धन्यवाद ।