झुर मान्नु हुँदैन बोर मान्नु हुँदैन

Newslaya Home

झुर मान्नु हुँदैन बोर मान्नु हुँदैन

–लक्ष्मीप्रसाद कोइराला
शुक्रबार १२, बैशाख २०७७

झुर मान्नु हुँदैन, बोर मान्नु हुदैन
कोरोनालाई सामान्य, भन्नु हुँदैन ।

ला के होला ला, कसो होला भन्दै
त्यसैत्यसै डराएर, मरिहाल्नु हुँदैन ।

दुस्खमा चिनिन्छ, मान्छे बुझ्नुपर्छ
पाइयो भनेर अलकत्रै, खानु हुँदैन ।

यस्तामुला आउँछ, जान्छ भन्दै
मात्तिएर पात्तिएर, हिड्नु हुँदैन ।

विश्वभरि फैलिएको छ, महामारी
प्रकृतिलाई जित्छुचाहिँ, भन्नु हुँदैन ।

laxmiprasadkoirala6460@gmail.com

1 प्रतिकृयाहरू प्राप्त
  • Durga Bdr Karkiलेख्नुहुन्छ
  • |
  • शनिबार १३, बैशाख २०७७
Ramro samaya sandarbhik kabita . 👌👌