कोरोना संक्रमित : काठमाडौ, धरान, इटहरी, झुम्का, चतरा, मैनामैनी घुमेर बल्ल भोजपुर

Newslaya Home

कोरोना संक्रमित : काठमाडौ, धरान, इटहरी, झुम्का, चतरा, मैनामैनी घुमेर बल्ल भोजपुर

बिहीबार ११, बैशाख २०७७

भोजपुर । कोरोना संक्रमित युवाले सुनसरी, उदयपुर र भोजपुर घुमेको पत्ता लागेको छ ।

धरानमा श्रीमतीसंग घुमेको र भोजपुरमा भलिबल खेलेको खुलेपछी पुर्वभर त्रास छाएको छ ।

भोजपुरको हतुवागढीका ती युवा फागुन ३० गते साउदीबाट काठमाण्डौं उत्रिएका थिए । सोही दिन उनी नाइट बस चढेर सुनसरीको झुम्का आए ।

त्यहाँबाट चतरा पुगेर श्रीमति भेटे । श्रीमतिसँग सार्वजनिक बस चढेर धरान आएका उनी टेम्पो चढेर धरान घुमेको खुलेको छ ।

उनी सार्वजनिक बस चढेर इटहरी, धरान, चतरा आउने जाने गरिरहे । उनी ९ गते ससुराली उदयपुरको मैनामैनी पुगे । त्यहाँबाट उनी हतुवा पुगेका थिए ।

गाउँमा पुगेर उनी भलिवल खेल्न, बजार डुल्न गएको पनि खुलेपछि अहिले हतुवामा त्रास छाएको छ । स्थानीय प्रशासनले हतुवा सिल गरेको छ ।

उनी नेपाल आएको ३८ दिनपछी आरटीडी र ४० दिनपछी मात्र स्वाब परिक्षण गरिएको थियो ।

1 प्रतिकृयाहरू प्राप्त
  • Siren shersthaलेख्नुहुन्छ
  • |
  • शुक्रबार १२, बैशाख २०७७
Hatuwa ghadi ma ramro sanga sil gariyeako xaina Aajha kada hunu psro