कोरोना संक्रमणका नयाँ लक्षण

Newslaya Home

कोरोना संक्रमणका नयाँ लक्षण

मङ्गलबार ०९, बैशाख २०७७

काठमाडौं । कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । चिकित्सक तथा अन्वेषकहरु कोरोनाबारे नयाँ तथ्य पत्ता लगाउन लागिपरेका छन् ।

यो नयाँ भाइरस भएकाले अहिलेसम्म पूर्ण तथा ठोस जानकारी उपलब्ध नभएकाले औषधि निर्माण र नियन्त्रणमा समस्या भइरहेको छ ।

अहिलेसम्मको अध्ययनअनुसार कोरोना संक्रमण भएमा रुघाखोकी, ज्वरो, थकाइ लाग्ने, मांशपेसीको दुखाइ र श्वास प्रश्वासमा समस्या जस्ता लक्षण देखिन्छन् ।

तर, वैज्ञानिकहरुले गरिरहेका अध्ययनअनुसार पछिल्लो समय स्वाद थाहा नपाउने, आँखा सुन्निने वा गुलाबी रङ देखिने र खुट्टाको औँलाका छाला रातो हुने तथा घाउ देखिनेजस्ता लक्षणसमेत देखिएको पाइएको छ ।

पोडोलोजिस्टको अन्तर्राष्ट्रिय संघको रिपोर्टअनुसार कोरोना संक्रमण देखिएका १३ वर्षीय बालकको खुट्टामा ससाना घाउ देखिएको थियो ।

इलाटीको अस्पतालका बिरामीमा गरिएको अध्ययनअनुसार २०.५ प्रतिशतको खुट्टाको छालामा समस्या देखिएको थियो ।