अब फोनमा कुरा गर्नुस् सित्तैमा, टेलिकमको यस्तो अफर

Newslaya Home

अब फोनमा कुरा गर्नुस् सित्तैमा, टेलिकमको यस्तो अफर

सोमबार ०८, बैशाख २०७७

काठमाडौं । मोबाइलमा पैसा सकिएकाहरुको लागि नेपाल टेलिकमले सित्तैको सेवा उपलब्ध गराउने भएको छ ।

लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुलाई टेलिकमले निःशुल्क सेवा दिन लागेको हो । ब्यालेन्स शून्य भएको र पटक–पटक अरुसँग कुरा गर्न खोजेका सिमकार्ड पत्ता लगाएर टेलिकमले सन्देश पठाउनेछ । आवश्यक प्रक्रिया पूरा गरेपछि निःशुल्क सेवा सुरु हुनेछ ।

यस्ता ग्राहकको विवरण संकलन भइरहेको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । उनका अनुसार यो सेवा भोलीदेखि नै लागू हुनेछ ।

टेलिकमले २५ वटा एसएमएस, ५० मिनेट भ्वाइस र १ सय एमबी डाटा निःशुल्क दिने तयारी गरेको छ ।