कोरोनाको डरलाई जित्न यस्ता छन् मनोविज्ञका टिप्सहरु

Newslaya Home

कोरोनाको डरलाई जित्न यस्ता छन् मनोविज्ञका टिप्सहरु

- नरेन्द्र युबन
सोमबार ०८, बैशाख २०७७

मनोबैज्ञानिक समस्या पनि बढाउँदै गरेको कोरोनाको महामारी संग सामना गर्न हामी आफ्नै घर परिबेश भित्र कैद छौ, हाम्रो स्वचालित दैनिकी अनि हाम्रो उर्जा प्रायः निष्क्रिय अनि दुरुपयोग भएको छ, हामी सामु भयावह काहाली लाग्दो सूचनाहरु छन् ।

कोरोना भाइरसबाट ठुलो संख्यामा संक्रमित अनि बिश्वसमुदायबाट ठुलो संख्यामा मानिसहरुको मृत्यु भएको अनि संगै उपचारकर्मीको समेत मृत्यु भएको डरलाग्दो सुचना छ र बिश्वपरिबेश को बास्तबिकता पनि यहि हो किनकी आज सम्म कोरोनोको ठ्याक्कै औषधि र इन्जेक्सन बनेको अबस्था छैन ।

सोच्दा अवस्था भयावह हो, मृत्यु सरि रहेको छ मानिसको जीबन प्रतिको मोहलाइ डरले पछारी रहेको छ । यो मानसिक भयबाट आज हामी पनि २६औं दिन लकडाउन भित्र छौ । सास रोकिने होकि जस्तै आभाष अनि अनुभुतिहरु छन् । हामी मनोबैज्ञानिक रुपले समस्यामा छौ । हामिले सुन्ने पढ्ने हेर्ने न्युजहरु अलि बढि नै मानसिक संत्रास थप्ने खालको आउँछन् ।

ओल्लो पल्लो घरको छत, कौशी र बार्दलीबाट यति जाना मरे, उति जना मरे भनेर लकडाउन यस्तो उस्तो भयो भनेर अलि बडिनै अफबाह मुलक कुराहरु गरेको सुनिन्छ। माहामारीको बेला यस्तो हुनु पनि स्वभाबिक हो । साच्चिकै समस्या छ यो माहामारी नै हो ।

माहामारीले मनोसामाजिक, मानसिक र मनोबैज्ञानिक समस्याहरु उत्पन्न गराउँछ । यस्ता समस्या उत्पन्न गराउन कैले हामी आफै भित्रको संकालु सोचाइ, कैले हाम्रो परिबेश र घटना अनि कहिले हाम्रो भोगाइनै जिम्मेवार हुन्छ ।

आज भोलि धेरै–धेरै मानिस अलमल्ल छौ, धेरै मानिसहरुले आफ्नो सोचाइलाई निश्चित र ब्यबस्थित गर्नसकेका छैनौ, सोच्ने कुरा र गर्ने काम बिच तालमेल हुन सकेको छैन, अकमक्क हुने, दिक्क लाग्ने, उकुसमुकुस हुने, सास थुनिए जस्तो लाग्ने अनि आफु मरिन्छ कि वा अरु मरेको सुनिन्छ कि भन्ने खालको एक प्रकारको मनोबैज्ञानिक सन्त्रास महसुस गरि रहेका हुन्छौ ।

यस्तो हाहाकार अनि माहारीको बेला छातिमा केहि जमे जस्तो वा आफु चेनता शुन्य भए जस्तो अनुभव गरेका हुन्छौ । आफुलाई असुरक्षित महसुस गर्नु । अरु ब्यक्ति संगको अन्तर सम्बन्धमा अबिश्वास उत्पन्न भैरहेको हुनसक्छ । आज भोलि मानिसहरुसंग मानिसहरुको जुन किसिमको भावनात्मक स्याहार हुनुपर्ने हो त्यो हुनसकेको छैन ।

महामारी छ हामी महामारी संग जुध्न लकडाउन भित्र छौ । मतलब हिजो स्वतन्त्र रहेको हाम्रो सोचाइ र काम गराइ एक्कासि संकुचन पार्नु परेको छ । समय धेरै बित्यो करिब लकडाउनले चार हप्ता पार गर्न लागे सगै बिस्तारै हामीमा सामना गर्नसक्ने हाम्रो क्षमता र दैनिकीलाई व्यवस्थित गर्दैलगे पनि हामिले आफुलाई मनोबैज्ञानिक रुपले उपचार गर्न नसकेका हुनसक्छौ ।

त्यसैले यो महामारीलाई मनोबैज्ञानिक रुपले समेत हामिले जित्नुपर्छ । यो महामारीमा हामीले आफैले आफैलाई यसरी प्राथमिक मनोबैज्ञानिक उपचार गर्न सक्छौ ।

१. कोरोना महामारीलाई चुनौतीको रूपमा स्वीकार गरौ जब हामी चुनौती स्वीकार गर्छौ तब मात्र चुनौतीसंग लडन हिम्मत, हौसला अनि थप नयाँ तरिका र समाधानहरु पत्ता लाग्दै जान्छ ।

२. जीवनमा के गर्ने वा जीवन केका लागी भन्नुभन्दा पनि मसंग स्वस्थ्य जीवन छ भन्ने कुरामा गर्ब गरौ ।

३. हामी सबै अलग भएन आखिर मानिस एक हौ भने आन्तरिक अपनत्वको भावना महसुस गरौ । यस्ले हाम्रो आत्मीक प्रेमको शिलशिलालाई सुचारु राख्दछ ।

४. हामीसंग कोरोनासंग भिडन लकडाउन र सुरक्षीत घर छ भनेर आफ्नु स्पेश निर्धारण र स्वीकार गरौ ।

५. यो कोरोना महामारी मात्रै होइन यो महामारीसंग केहि अवसरहरु पनि छन भनेर आफुलाई आशाबादी बनाऔं ।

६. आफ्नो ब्यक्तिगत स्याहार शारीरिक, मानसिक, सामाजिक, आत्मिक हेरचाहको लागी खास गरि ब्यायाम, योग, समाजिक स्याहार मोबाईल फोन, टेलिफोन , सामाजिक संजाल आदिबाट सामाजिक समबन्ध कायम राखौ ।

७. आराम भोजन अनि अचेल बिग्रदै गरेको निद्राको नियमित तालिकालाइ सुधार गरौ ।

८. पुर्बतयारी गरौ, खाना, पानी औषधि, जरुरी हस्पिटल वा स्वास्थ केन्द्र एम्बुलेन्स, स्वस्थ्यकर्मी, उद्दारकर्ता आदिको सम्पर्क सुचना नम्बर, नक्सा आदिको तयारी गरौ ।

९. पैहिलेदेखि औषधि सेवन गरीरहेका दीर्घ रोगीहरु जस्तै एचआईभी संक्रमित, मानसिक रोगको औषधि खाइ रहनु भएका, प्रेसर, सुगर आदिका औषधि खाइ रहनु भएकाहरुको लागी औषधिको व्यवस्थापन गरौ ।

१०. बालबालिकाको लागी घरनै स्कुल बनाउ । बालबालिकासंगै गीत कथा चुटकिला आदी सुनाउ र लेख्न लगाउने गरौ प्रश्न उत्तर गराऔं । चित्र अनि रंग भर्न लगाऔं ।

११. परिवार भित्रै पनि कस्तो छ खबर बनेर सोधौ, एकले अर्कोलाई थपथपाऔ । छुऔं, धाप मारौ मित्रवत स्याबासी दिउ ।

१२. बिकल्प सोचौ । आफैले आफैलाई शान्त स्थिर बनाउन एक्लै भएको बेला वा आफुलाई गारो लागेको बेला लामो स्वासप्रस्वासको क्रियाकलाप गरौ ।

१३. पुरानो फोटो एलबम पुरानो संगीत हेरौ सुनौं ।

१४. आफुलाई बिश्वास भएको न्युज च्यानल मात्रै प्रयोग गरौ ।

१५. महामारीको बेला सुचनाहरु बाडी आएको पानी जस्तै हुने हुँदा अफबाह को सुचनालाई बेवास्ता गरौ । सुचना सामान्यीकरण गरेर ग्रहण गरौ ।