झापामा खेर गयो ६० लाख केजी हरियो चियापत्ती

Newslaya Home

झापामा खेर गयो ६० लाख केजी हरियो चियापत्ती

शनिबार ०६, बैशाख २०७७

झापा । लकडानका कारण झापामा करीब ६० लाख केजी हरियो चियापत्ति खेर गएको छ ।

चियाको ‘फस्ट फल्स’ टिप्ने बेलामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडान घोषणा गरेपछि बगानमा उत्पादित हरियो चियापत्ति खेर गएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

प्रतिकेजी रू २० का दरले हिसाब गर्दा पनि किसानले रू १२ करोड बराबरको क्षति भएको जनाइएको छ । इलाम, पाँचथर, धनकुटालगायत पहाडी जिल्लामा समेत १० लाख केजी हरियो चियापत्ति नोक्सान भएको बोर्डले जनाएको छ । झापामा १२ हजार हेक्टरमा चिया खेती हुँदै आएको छ ।

झापामा तीन हजार साना चिया किसानले चिया खेती गर्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय झापाको रोहवारमा चिया उत्पादक संघ र चिया मजदुर प्रतिनिधिबीच आइतबारदेखि बगान र कारखाना सञ्चालन गर्ने सहमति भएको छ । कामदारलाई मास्क, हातधन साबुन पानी, सामाजिक दुरी कायम गराएर सुरक्षित तवरबाट काम सुचारु गर्ने सहमति भएको जानइएको छ ।