उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमितको विराटनगरमा उपचार सुरु

Newslaya Home

उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमितको विराटनगरमा उपचार सुरु

शनिबार ०६, बैशाख २०७७

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के स्थित मस्जिदमा भेटिएका कोरोना संक्रमित भारतीय नागरिकको विराटनगरमा उपचार गरिने भएको छ ।

कोरोना संक्रमित १२ जनालाई विराटनगरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा राखेर उपचार शुरु गरिएको प्रदेश–१ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी गराएका छन् ।

नेपालमा अस्तिसम्म १६ जना र शुक्रबार गरिएको परिक्षणबाट उदयपुरमा १२ जना, चितवनमा २ जना थप गरी ३० जना संक्रमित भएको पुष्टि भएको छ ।