सुनसरीमा तीन दिन पूर्ण लकडाउन, खाद्यान्न सेवा समेत बन्द

Newslaya Home

सुनसरीमा तीन दिन पूर्ण लकडाउन, खाद्यान्न सेवा समेत बन्द

शनिबार ०६, बैशाख २०७७

इटहरी । सुनसरीको तीन स्थानीय तहमा आजबाट पूर्ण लकडाउन गरिएको छ ।

शुक्रबार उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको एक मस्जिदमा बसेका १२ भारतीयलाई कोभिड १९ संक्रमण देखिएकसंगै सुनसरीको इटहरी, धरान र बराहक्षेत्रमा तीन दिन पूर्ण लकडाउन गरिने भएको हो ।

इटहरी उपमहानगरपालिका क्षेत्रमा आजैबाट औषधी पसल बाहेका अरु सबै पसलहरु बन्द गरिने भएको छ । घर बाहिर ननिस्कन र आफु र अरुलाई बचाउन नगरवासीमा अनुरोध इटहरीकी उपमेयर लक्ष्मी गौतमले अटेर गरेका कानून अनुसार कार्वाही समेत हुने बताइन् ।

धरान नगरपालिकाले पनि भाइरसको संभावित जोखिम नियन्त्रण गर्न ६ देखि ८ गते सम्म कुनै पनि बस्तु ओसार पसार बिक्री बितरण गर्न निषेध गरेको छ । औषधि पसल, दुध, सागसब्जी लगायत अत्यावश्यक सबै सामग्री, साईकल, मोटर साइकल लगायत मानिसहरू समेत हिडडुल गर्न निषेध गरिएको धरान उपमहानगरले जनाएको छ ।

बराहक्षेत्र नगरपालिकामा भने औषधी पसल, खाध्यान्न लगायतका सम्पुर्ण अत्यावश्यक सामग्रीका पसल समेत बन्द रहने भएको छ । शुक्रबार नगरले सूचना जारी गरि ३ दिनसम्म औषधी पसल, खाध्यान्न लगायतका सम्पुर्ण अत्यावश्यक सामग्रीका पसल समेत बन्द रहने जानकारी गराएको छ ।