प्रदेश सांसद बस्नेतद्धारा दुहबी नगरपालिकालाई खाद्यान्न सहयोग

Newslaya Home

प्रदेश सांसद बस्नेतद्धारा दुहबी नगरपालिकालाई खाद्यान्न सहयोग

शुक्रबार ०५, बैशाख २०७७

इटहरी । प्रदेश नम्बर १ का सांसद लिलम बस्नेतले सुनसरीको दुहबी नगरपालिकालाई खाद्यान्न सहयोग प्रदान गरेका छन् ।

शुक्रबार सांसद बस्नेतले आफ्नो व्यक्तिगत तर्फबाट नगरपालिकालाई राहत स्वरुप खाद्यान्न प्रदान गरेका हुन् । उनले नगरपालिकालाई ३ हजार केजि चामल, १ हजार केजि नुन, २ सय लिटर तेल र ५ सय केजि दाल प्रदान गरेका छन् ।