पुर्वमा पहिलो पटक एकै पटक ८ जनामा कोरोना, काठमाडौंमा पुनः परिक्षणका लागि पठाइयो

Newslaya Home

पुर्वमा पहिलो पटक एकै पटक ८ जनामा कोरोना, काठमाडौंमा पुनः परिक्षणका लागि पठाइयो

शुक्रबार ०५, बैशाख २०७७

विराटनगर । उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना भेटिएको छ। १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो । त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा उनीहरु लुकेर बसेका थिए ।

भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो ।

उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो । विराटनगरमा स्वाब परिक्षण पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि उनीहरुको नमूना काठमाडौं पठाइएको छ ।