सुनसरीका पाँच मजदुर पथरीमा अलपत्र

Newslaya Home

सुनसरीका पाँच मजदुर पथरीमा अलपत्र

शुक्रबार ०५, बैशाख २०७७

इटहरी । सुनसरीको हरिनगरा घर भएका पाँच मजदुर पथरीमा अलपत्र परेका छन् ।

लकडाउन’का कारण काम नभएपछि झापाको मेचीनगरबाट चनरदेव लुनिया, कृष्णकुमार महतो, सम्पतलाल पाल, वुश्कु महतो र हरि महतो पैदल हिँडेर बिहीबार घर फर्किएका हुन् ।

मेचीनगर–१४ स्थित पानी निकाल्ने वोरीङ्ग गाड्ने कामका लागि गएका उनीहरु हिँडेरै मोरङको उर्लाबारी आइपुगेका उनीहरूलाई त्यही नगर प्रहरीले रोकेको थियो ।

सोधी खोजी गरेर पथरीको सब डिवीजन कार्यालयको हातामा राखिएका उनीहरुलाई रातको समयमा तत्काल सवारी साधन उपलब्ध नभएपछि सुनसरी पठाउन नसकिएको बताइएको छ ।

श्रमिकहरूलाई लकडाउनको १८औँ दिन सम्म राखे पनि उनीहरूले नै घर जान भनेपछि सिफारिस लेखिदिएर घर पठाएको मेचीनगरका वडा अध्यक्ष शङ्कर प्रसाद पोखरेलले बताए ।

श्रमिकहरू लकडाउन’का कारण धेरै श्रमिकको काम नभएपछि हिँडेरै घर सम्म जान थालेका छन् । गाउँपालिकाद्धारा यातायातको व्यवस्था गरि उनीहरूलाई उद्धार गर्ने हरिनगर–४ का वडा सदस्य राजेश पालले जानकारी दिए ।