झापाको १२ वटा क्वारेन्टाइनमा रहेका २१७ जना घर फर्किए

Newslaya Home

झापाको १२ वटा क्वारेन्टाइनमा रहेका २१७ जना घर फर्किए

शुक्रबार ०५, बैशाख २०७७

बिर्तामोड । झापाको १२ वटा स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनमा रहेका २१७ जना घर पर्किएका छन् ।

क्वारेन्टाइन अवधि पूरा गरिसकेका र कोरोनाको संक्रमण भए/नभएको पूर्ण जाँचपछि बाहिरी जिल्लाका ३२ जनासहित २१७ जनालाई घर फर्काइएको हो ।

झापाका १५ वटा स्थानीय तहले ७५१ जना क्षमताको २७ वटा क्वारेन्टाइन निर्माण भएका छन् । जसमध्ये मेचीनगरबाट १०८ जना, कनकाईबाट ७, गौरीगञ्जबाट २, झापाबाट ७, दमकबाट २०, शिवसताक्षीबाट २, अर्जुनधाराबाट ६, गौरादहबाट १, कमल २, भद्रपुरबाट २८, बिर्तामोडबाट ५ जना र कचनकवलबाट २ जना घर पठाइएको जनस्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिए ।

हाल उक्त क्वारेन्टाइनमा १७७ जना रहेका छन् भने जिल्लाभर होम क्वारेन्टाइनमा १ हजार ४१ जना रहेको जनाइएको छ ।