इटहरीको कलश पोलिक्लिनिकले औषधीको होम डेलिभरी गर्ने

Newslaya Home

इटहरीको कलश पोलिक्लिनिकले औषधीको होम डेलिभरी गर्ने

बिहीबार ०४, बैशाख २०७७

इटहरी । इटहरी स्थित कलश पोलिक्लिनिकले औषधीको होम डेलिभरी सेवा सुरु गरेको छ ।

लकडाउनको समयमा घरमै रहेका बिरामी तथा ग्राहकहरुको समस्यालाई मध्यनजर गरि औषधीहरुको होम डेलिभरी सेवा सुरु गरेको पोलिक्लिनिकले जानकारी दिएको छ ।

इटहरी र आसपासका क्षेत्रहरुमा डेलिभरी गरिने उक्त सेवामा न्युनतम दुई सय सम्मको औषधी खरिद गरिएको हुनुपर्ने मापदण्ड राखिएको सञ्चालक देबेन्द्र बस्नेतले जानकारी दिए ।

सो सेवा उपयोग गर्नको लागि https://kalashpolyclinic.com मा गएर औषधी अर्डर गर्न सकिने भएको छ । उक्त वेभसाइडमा गईसके पछि आफ्नो विवरण र औषधीको विवरण उल्लेख गर्नुपर्ने हुन्छ । औषधीको विवरण उल्लेख गर्न नसकिएमा डाक्टरले दिएको पुर्जाको फोटो खिचेर अपलोड गर्न सकिने जनाइएको छ ।

आवश्यक औषधी सोही दिन डेलिभरी हुने संस्थाले जनाएको छ । केही दिनमै एप्लिकेशन समेत तयार हुने बताइएको छ ।