फेसबुकमा प्रधानमन्त्रीको फोटो जोडेर जथाभावी लेख्ने दुई जना पक्राउ

Newslaya Home

फेसबुकमा प्रधानमन्त्रीको फोटो जोडेर जथाभावी लेख्ने दुई जना पक्राउ

बिहीबार २७, चैत २०७६

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरुको फोटो जोडेर जथाभावी लेख्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले खोटाङ घर भई बुढानिलकण्ठ चुनिखेल बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रे पनौती–५ का ४६ वर्षीय रामकुमार रघु श्रेष्ठलाई बिहीबार भिन्दा भिन्दै स्थानबाट पक्राउ गरेको हो ।

नाछिरिङले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र मन्त्रीहरुको फोटो जोडेर फेसबुकमा मानमर्दनमा आँच आउनेगरी स्टाटस लेखेका थिए ।

काभ्रेका श्रेष्ठले पनि प्रधानमन्त्रीको फोटो प्रयोग गरी मानमर्दनमा आँच आउनेगरी नै लेखेका थिए । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको र विद्युतीय कारोवार ऐनअन्तर्गत कारवाही हुने साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिएका छन् ।