लायन्स क्लब अफ इटहरी मनोकामनाद्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण

Newslaya Home

लायन्स क्लब अफ इटहरी मनोकामनाद्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण

बिहीबार २७, चैत २०७६

इटहरी । लायन्स क्लब अफ इटहरी मनोकामनाले इटहरी–२ मा रहेका ९० घरपरिवारलाई राहत वितरण गरेको छ ।

क्लबले इटहरी–२ को शैनिक टोल र देउराली चोकका अति विपन्न ९० परिवारलाई खाद्यान्न वितरण गरेको हो ।

लायन्स क्लबकी अध्यक्ष सुमी थापाको नेतृत्वमा उक्त खाद्यान्न सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक दीपेन्द्र घिमिरेले बताएका छन् ।