भारतमा कोरोना संक्रमित डाक्टरको मृत्यु

Newslaya Home

भारतमा कोरोना संक्रमित डाक्टरको मृत्यु

बिहीबार २७, चैत २०७६

नयाँदिल्ली । भारतको मध्यप्रदेशमा कोरोना भाइरसको संक्रमणबाट एक चिकित्सकको मृत्यु भएको छ ।

६२ वर्षीय चिकित्सक सत्रुघन पञ्जवानीको कोरोनाबाट मृत्यु भएको हो । कोरोना भाइरस विरुद्ध संघर्ष गर्दागर्दै बलिदानी दिएको भन्दै उनीप्रति सरकारी अधिकारीहरुले श्रद्धाञ्जली प्रकट गरेका छन् । उपचारमा खटिरहँदा संक्रमण भेटिएपछि केही दिनदेखि उनको उपचार भइरहेको थियो ।

उपचारको क्रममा आज (बिहीबार) उनको मृत्यु भएको हो । कोरोना संक्रमितको उपचारमा खटिने क्रममा मृत्यु हुने सत्रुघन पहिलो भारतीय चिकित्सक हुन् । भारतमा यसअघि अन्य चिकित्सक पनि कोरोना संक्रमित भइसकेका छन् । भारतमा संक्रमितको संख्या ५ हजार ७ सय भन्दा धेरै पुगिसकेको छ । साथै १ सय ६६ को मृत्यु भइसकेको छ ।