दुहवी टाईम्सद्वारा पत्रिका वितरकलाई राहत वितरण

Newslaya Home

दुहवी टाईम्सद्वारा पत्रिका वितरकलाई राहत वितरण

बिहीबार २७, चैत २०७६

इटहरी । सुनसरीको दुहवीमा दुहवी टाईम्सले वितरकलाई राहत सामग्री वितरण गरेको छ ।

दुहवीमा दुहवी टाईम्सका पत्रिका वितरण गर्ने वितरकलाई दुहवी टाईम्सका प्रकासक–प्रधानसम्पादक आशिष कुमार यादवले चामल २५ केजी, तेल १ लिटर, नुन १ केजी, मस्यौरा ५०० ग्राम, दाल १ केजी, सेनेटाइजर १ बट्टा वितरण गरेको हो ।

नेपाल पत्रकार महासंघ सुनसरी सभापति अमर खड्काको पहलमा लकडाउनका कारण सञ्चारगृहमा आबद्ध रहेका दैनिकी जिविकोपार्जनमा कठिनाई भएकालाई खाद्यान्न हस्तान्तरण गरिएको यादवले बताए ।

साथै गोकुल किड्जी स्कुलका सञ्चालक विद्यानन्द यादवले दुहवी टाईम्सका वितरकलाई चामल १० केजी, मस्यौरा २५० ग्राम, तेल आधि लिटर प्रदान गरेका छन् ।