खुल्यो तातोपानी नाका

Newslaya Home

खुल्यो तातोपानी नाका

बिहीबार २७, चैत २०७६

काठमाडौं । गत माघ १३ गतेदेखि बन्द रहेको तातोपानी नाका सञ्चालनमा आएको छ ।

कोभिड —१९ को जोखिम हुन नदिन नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरी बुधबारदेखि नाका खोलिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन् । कोरोना रोकथामका लागि अत्यावश्यक सामान ढुवानी गर्न अब सहज हुनेछ ।

चीन सरकारले त्यहाँस्थित आफ्नो स्थानीय प्रशासनलाई निर्देशन दिएपछि नाका खुला भएको हो । यस नाका खुलेसँगै बुधबार १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएको छ । चीनसँग व्यापार हुने यो प्रमुख नाका हो ।