पूर्वराजा शाहः सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कटौती गर्नु गलत

Newslaya Home

पूर्वराजा शाहः सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कटौती गर्नु गलत

बिहीबार २७, चैत २०७६

काठमाण्डौ । कोरोना महामारी नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब काटिएको प्रति पूर्वराजा ज्ञानेन्द्र शाहले असन्तुष्टि जनाएका छन् ।

पूर्वराजा शाहले ट्विटर मार्फत ट्वीट गर्दै संकटको यस घडीमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका व्यक्तिहरुसँग सरकारले कुनै आर्थिक सहयोगको आशा राख्न नहुने बताएका हुन् ।

पूर्वराजा शाहले यस्ता कार्यले उनीहरुलाई कर्तव्य पथमा बिचलित पार्ने उल्लेख गरेका छन् । शाहले राज्यले आफ्नो श्रोत, साधनको सही सदुपयोग र ईच्छुक व्यक्ति वा समुदायसँग मात्र यस्तो अपेक्षा राख्नु उत्तम हुने बताएका छन् ।

कतिपय स्थानीय तहले चिकित्सकको दश दिनको तलब कोरोना उपचार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । यसको चिकित्सकहरुले विरोध गरेका छन् । त्यस्तै प्रहरी प्रधान कार्यालय, नक्सालले सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको तीनदेखि सात दिनसम्मको तलब कट्टा गर्ने निर्णय गरेको छ ।