संखुवासभामा असिना पानीले करोडौंको बालीनाली नष्ट

Newslaya Home

संखुवासभामा असिना पानीले करोडौंको बालीनाली नष्ट

बिहीबार २७, चैत २०७६

संखुवासभा । संखुवासभाको भोटखोला र मकालु गाउँपालिकामा हावाहुरीसँगै आएको असिना पानीले करोडौंको क्षति भएको छ ।

बुधबार दिउँसो परेको असिना पानीले त्यस क्षेत्रमा लगाइएका आलु, मकै, अलैंची, फलफूल र तरकारी बालीमा क्षति पुगेको जनाएको छ । असिना पानीका कारण मकालु गाउँपालिकाका विभिन्न वडामा लगाइएको बाली नष्ट भएको छ ।

कोरोना भाइरसबाट त्रसित त्यस क्षेत्रका स्थानीयले व्यहोरिरहेको खाद्य संकटलाई यसले थप कष्टकर बनाएको छ ।