इटहरीमा नवजात शिशुको शव फेला

Newslaya Home

इटहरीमा नवजात शिशुको शव फेला

बिहीबार २७, चैत २०७६

इटहरी । सुनसरीको इटहरी–८ गैसार स्थित एक नवजात शिशुको शव फेला परेको छ ।

गैसारमा रहेको नमुना कलेज पुर्वपट्टीको कल्भटमा भर्खरै जन्माएर फालेको जस्तो देखीने स्त्री जातको नवजात शिशुको शव बुधबार फेला परेको हो ।

मृत अवस्थामा रहेको भनी स्थानीयहरुले सूचना दिएसँगै ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरीको टोली पुगेर कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।
उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।