भोजपुरमा पुल बन्द गरी गाउँ प्रवेशमा रोक

Newslaya Home

भोजपुरमा पुल बन्द गरी गाउँ प्रवेशमा रोक

बिहीबार २७, चैत २०७६

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकाको ईर्खुवास्थित पुल बन्द गरिएको छ ।

कोरोना संक्रमण फैलन नदिन सरकारले लकडाउन लगाए पनि मानिसको आवतजावत नरोकिएपछि गाउँपालिकाले स्थानीयको सक्रियतामा पुल बन्द गरिएको हो ।

साल्पासिलिछो गाउँपालिका जोड्ने ईर्खुवा खोलास्थित उक्त पक्‍की पुलमा अस्थायी बार लगाइ प्रवेश निषेध गरिएको हो । पुल हुँदै ओहोरदोहोर गर्ने र विभिन्न बहानामा गाउँमा नयाँ मान्छे प्रवेश हुने भएपछि स्थानीयको सक्रियातामा पुल बन्द गरी प्रवेशमा रोक लगाइएको स्थानीयले बताएका छन् ।

बन्दपछि अत्यावश्यक स्वास्थ्य सेवाबाहेक सम्पूर्ण नाका र पदमार्ग बन्द भएका छन् । दैनिक सयौँको संख्यामा विदेश पर्यटकको आगमन हुने प्रमुख पर्यटकीय एडमण्ड हिलारी पदमार्गमा हिँड्नलाई रोक लगाइएको छ । खाँदबारी हुँदै सोलुखुम्बु जोड्ने एकमात्र पदमार्गमा आवतजावत पूर्ण रुपमा बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।