भिरबाट लडेर संखुवासभामा एक जनाको मृत्यु

Newslaya Home

भिरबाट लडेर संखुवासभामा एक जनाको मृत्यु

बिहीबार २७, चैत २०७६

संखुवासभा । संखुवासभामा भिरबाट लडेर १ जनाको मृत्यु भएको छ ।

उदयपुर जिल्ला घर भई संखुवासभाको पाँचखपन नगरपालिका–१ जौवारीमा रहेको ससुराली घरमा बस्दै आएका ३५ बर्षीय पदम बहादुर राईको मृत्यु भएको हो । मामा ससुराको घर तर्फ जाने क्रममा बाटोमा रहेको भिरबाट लडेर घटनास्थलमै राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय वानाको टोलीले कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।