आजबाट भरिसिलिन्डर ग्यास पाइने

Newslaya Home

आजबाट भरिसिलिन्डर ग्यास पाइने

बिहीबार २७, चैत २०७६

काठमाडौं । बिहीबार(आज) बाट भरि सिलिण्डर अर्थात १४. २ केजीको परिमाणमा ग्यास भर्न नेपाल आयल निगमले उद्योगीलाई निर्देशन दिएको छ ।

उद्योगीले ग्यास खपत कम भएर बुलेटमै थन्किन थालेको गुनासो गरेपछि आयल निगमले पूरा सिलिण्डर ग्यास भर्न निर्देशन दिएको हो । निगमले यसअघि बजारमा पठाएको आधा सिलिन्डरको ग्यास बिक्रीपछि मात्रै भरी सिलिण्डरको ग्यास बजारमा पठाउन भनेको छ ।

भरी सिलिण्डर र आधा सिलिण्डरको ग्यास एकै ठाउँबाट बिक्री गरेमा कारबाही हुने निगमले जनाएको छ । विश्वव्यापी रूपमा कारोना भाइरसको संक्रमणसँगै उपभोक्ताले घरमा ग्यास मौज्दात गर्न थालेपछि बजारमा ग्यासको अभाव सिर्जना भएको थियो ।

यसलाई मध्यनजर गदै नेपाल आयल निगमले चैत १३ गतेबाट बजारमा ७।१ केजीको आधा सिलिण्डर ग्यास पठाउन निर्देशन दिएको थियो । अहिले बजारमा ग्यास सहज भएको उद्यागी व्यवसायीहरूले बताएका छन् ।