भारतमा कोरोनाका कारण १६६ जनाको मृत्यु, ५७ सय भन्दा बढी संक्रमित

Newslaya Home

भारतमा कोरोनाका कारण १६६ जनाको मृत्यु, ५७ सय भन्दा बढी संक्रमित

बिहीबार २७, चैत २०७६

काठमाण्डौ । कोरोना भाइरसको संक्रमणका कारण भारतमा मृत्यु हुनेको संख्या १६६ पुगेको छ । बिहीबार बिहानसम्म संक्रमितको संख्या पाँच हजार ७३४ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा दिल्ली तथा उत्तर प्रदेशमा संक्रमण अरु क्षेत्रमा भन्दा बढी देखिएको छ । यसलाई मध्यनजर गरेर दिल्ली तथा उत्तर प्रदेश सरकारले हटस्पट इलाकालाई सिल गर्ने घोषणा गरेका छन् ।

दिल्लीका २० क्षेत्र सिल गर्ने र ती क्षेत्रमा अत्यावश्यक सेवाको कमी हुन नदिने जनाइएको छ । दिल्लीमा मास्क लगाउन अनिवार्य गरिएको छ । यस्तै उत्तर प्रदेश सरकारले राज्यका १५ जिल्लालाई हटस्पट घोषणा गरी सिल गर्न निर्देशन दिएको छ।