पिङमा अल्झेर एक बालकको मृत्यु

Newslaya Home

पिङमा अल्झेर एक बालकको मृत्यु

बिहीबार २७, चैत २०७६

डडेल्धुरा । डडेल्धुरामा पिङमा अल्झिएर एक बालकको मृत्यु भएको छ। आलिताल गाउँपालिका–७ बान्नीगडाका ६ वर्षीय बालक गणेश ठगगुन्नाको घर भित्रै बनाएको सलको पिङमा अल्झिएर मृत्यु भएको हो।

घर भित्रै धुरीको खाबोमा खेल्नका लागि बनाइएको सलको पिङमा अल्झिएर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ । मृत्यु भएका बालकलाई जोगबुडा अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ। थप रिर्पोट पोष्टमार्टमपछि आउने प्रहरीले जनाएको छ।