नेपालमा कोरोना तेस्रो चरणमा गएन, तर भारतबाट आउनेहरुबाट अझै खतरा

Newslaya Home

नेपालमा कोरोना तेस्रो चरणमा गएन, तर भारतबाट आउनेहरुबाट अझै खतरा

बिहीबार २७, चैत २०७६

काठमाडौं । देशमा कोरोना भाइ्रस तेस्रो चरणमा जाने सम्भावना सकियो बताइएको छ । तर भारतीय सीमाबाट भित्रिएका मान्छेबाट भने खतरा रहेको छ । भारतबाट नेपाल भित्रिएकाको खोजी गर्ने र क्वारेन्टिनमा राख्ने काम भइरहेको छ ।

नेपालमा कोरोना संक्रमित ८ जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्डअनुसारै सम्पन्न भएको सरकारले जनाएको छ।

संक्रमित व्यक्तिसँग भौतिक सम्पर्क गरेका–भएका व्यक्तिको खोजी गर्ने प्रक्रियालाई कन्ट्याक्ट ट्रेसिङ भनिन्छ ।

सोही कारण नेपालमा दोस्रो चरणमा रहेको कोरोना महामारी तेस्रो चरणमा प्रवेश गर्ने खतरा टरेको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डे बताउँछन् ।

काठमाडौं भने पूरै सुरक्षित भइसकेको छ । किनभने चैत ४ गते विमानमार्फत भित्रिएका दोस्रो संक्रमित आएको पनि आज २० दिनभन्दा बढी भइसक्यो।डब्ल्यूएचओको मान्यताअनुसार कोही संक्रमित भएको भए सामान्यतया १४ दिनमा लक्षण देखिन्छ । त्यस्तो अहिलेसम्म देखिएको छैन ।