लकडाउनको बेला बझाङमा मेला लगाउने चार वडाध्यक्षसहित नौ जना पक्राउ

Newslaya Home

लकडाउनको बेला बझाङमा मेला लगाउने चार वडाध्यक्षसहित नौ जना पक्राउ

बिहीबार २७, चैत २०७६

बझाङ । लकडाउन उल्लंघन गर्दै बझाङको छबिसपाथिभेरा गाउँपालिकामा मेला आयोजना गर्ने चार जना वडाध्यक्षसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वडा नम्बर २, ३, ४ र ५ का अध्यक्षहरु, तीन जना पूजारी र मेला व्यवस्थापन समितिका दुई जना पदाधिकारी छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी गणेश बमले उनीहरुलाई बुधबार गाउँबाटै पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभरका मानिसहरुलाई घर बाहिर ननिस्किन निर्देशन जारी गरे पनि छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर ३ मा मंगलबार भव्य मेला लागेको थियो । सो मेलामा करिब एक हजार जना स्थानीयबासी भेला भएको प्रत्यक्षदर्शी बताउँछन् ।

सो घटना सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले लकडाउन उल्लंघन गर्ने पदाधिकारीहरुलाई पक्राउ गरेर ल्याउन प्रहरीलाई निर्देशन दिएका थिए ।

पक्राउ परेकाहरुको आरोप पुष्टि भएमा अधिकतम ६ सय रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय हुने कानुनी व्यवस्था छ ।