बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुग्यो

Newslaya Home

बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुग्यो

बिहीबार २७, चैत २०७६

काठमाडौं । रोजगारीका लागि बहरानमा गएका थप १० नेपालीलाई कोरोना संक्रमण भएको छ ।

त्यहाँस्थित नेपाली दूतावासका अनुसार साल्माबादस्थित एक शिविरमा एक विदेशीलाई कोरोना संक्रमण हुँदा त्यहाँ कार्यरत ४ सयलाई क्वारेन्टाइनमा राखिएको थियो ।

उनीहरुको परीक्षण गर्दा बुधबार थप १० नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको हो । यो सँगै बहराइनमा मात्रै कोरोना संक्रमित हुने नेपालीको संख्या २२ पुगेको छ ।