सुनसरीमा ११ जना पाकिस्तानीलाई क्वारेन्टाइनमा राखियो

Newslaya Home

सुनसरीमा ११ जना पाकिस्तानीलाई क्वारेन्टाइनमा राखियो

बुधबार २६, चैत २०७६

इटहरी । सुनसरीको दुहवी–१ स्थित जामे मस्जिदमा बनाइएको क्वारेन्टाइनमा ११ जना पाकिस्तानीलाई राखिएको छ ।

गत फाल्गुण २४ गते धर्म प्रचारको लागि काठमाण्डौ हुँदै सुनसरी प्रवेश गरेका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।

लकडाउन सुरु भएको १ दिन अगाडी दुहवीको जामे मस्जीदमा आश्रय लिएर बसेका मो. नवाज भुट्टो, मो. सम्भान, फौजान अलि, नजामुदीन, मक्स्युद अहमद, महमद बुक्स, महमद सव्भान, जाहिर हुसैन, ड्याड मो. चाचर, मो. रमजान, जाहुर अहमदलाई स्थानीय मोहमद रामजान मियाको निगरानीमा जामे मस्जीदमा राखिएको छ ।

उनीहरुमा कोरोना भाइरस (कोभिड–१९) सक्रमणको कुनैपनि लक्षण नदेखिएकाले मस्जिद भित्रै सुरक्षित रुपमा क्वारेन्टाईन बनाई बस्ने व्यवस्था मिलाइएको हो ।

पाकिस्तानबाट फाल्गुण २४ गते नेपाल भित्रिएका उनीहरु फाल्गुण २५ गते देखि फाल्गुण २९ गते सम्म घोराही दाङमा बसोबावास गरेको र फाल्गुण ३० गते देखि चैत्र ८ गते सम्म तुल्सीपुरमा बसोबास गरेको, चैत्र १० गते सुनसरीको दुहवीको जामे मस्जिदमा आएको इलाका प्रहरी कार्यलय दुहवीले जनाएको छ ।