सोलुखुम्बुमा एक वृद्धा मृत फेला

Newslaya Home

सोलुखुम्बुमा एक वृद्धा मृत फेला

मङ्गलबार २५, चैत २०७६

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे बस्ने ७० वर्षीया निमाछुकी शेर्पा मृत फेला परेका छन् ।

मङ्गलबार बिहान घरदेखि करिब ३० मिनेट पर थामे खोलाको पुल मुनि उनी मृत फेला परेकी हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।