कामधेनु सहकारीमा यस्तो छ टेण्डरको लफडा

Newslaya Home

कामधेनु सहकारीमा यस्तो छ टेण्डरको लफडा

‘सम्झौताअनुसार काम नगर्ने कम्पनिलाई रोक्न खोज्दा अनावश्यक प्रचारवाजी’ : बन
मङ्गलबार २५, चैत २०७६

इटहरी । सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाको खरीदमा कुनै अनियमितता नभएको संस्थाले स्पष्ट पारेको छ ।

अनियमितताको आशङ्का गर्दै पछिल्लो समय विभिन्न सुचनाहरु सार्वजनिक भएपनि अनियमितताको आशयसमेत नभएको संस्थाले जनाएको छ ।

कामधेनु सहकारीले इटहरी १ आँपगाछीमा निर्माण गर्दै गरेको भवनका लागि आवश्यक मेसिन खरिद प्रकरणमा बाहिरिएको अडियोलाई लिएर भ्रम सृजना भएको सहकारीको भनाई छ ।

भवन निर्माण उपसमितिका सदस्य टीकादत्त बन र प्रोजेक्ट इन्जिनियरिङ सर्भिसेस कम्पनीका इन्जिनियर जेम्स कुत्तीबीचको अडियो बाहिरिएको थियो । जसमा कामधेनुले खोलेको नयाँ टेण्डरमा प्रस्ताव हालेका कुत्ती र बनबिचको विवाद छ । २० लाख रुपैया थप गर्न लगाएर पछि टेण्डर नपारेको भन्दै कुत्तिले ‘देखाइदिने’ धम्की दिएका छन् ।

बनले संस्थाका ब्यवस्थापक कृष्ण घिमिरे सँग सल्लाह गरि कुत्तिलाई रकम बढाएर प्रस्ताव हाल्न लगाएको लिखित रुपमै स्वीकारेका छन् । ‘ऊसँग मिलेर खाने होइन, बरु उसलाई यो कामको जिम्मा नदिने नै भन्ने थियो,’ बनले भने, ‘तर व्यक्तिगत आर्थिक लाभ लिने योजना वा नियत थिएन ।’ ब्यवस्थापकले समेत सोहि बिषयलाई लिखितरुपमै स्वीकार गरेका छन् ।

बनकाअनुसार कुत्तिको कम्पनि ‘प्रोजेक्ट इन्जिनियरिङ सर्भिसेस’ लाई नयाँ टेण्डर नदिन सहकारीमा संस्थाका अध्यक्ष, ब्यवस्था निर्देशक र ब्यवस्थापकसँग समेत छलफल भएको थियो । टेन्डर दर्ता गर्ने दिन संस्थाका ब्यवस्थापक कृष्णप्रसाद घिमिरे र बनले सल्लाह गरि जेम्स कुत्तिलाई रु २० लाख रकम बढी हाल्न लगाएको र सोहि कारणबाट सर्भिसेजको टेन्डर नपरेको र बनले आफुलाई धोका दिई टेण्डर नपरेको थाहा पाएपछि रिसाएका कुत्तीले अडियो सार्वजनिक गरिदिएका थिए ।

बन र जेम्स कुत्ति बिच भएको फोन वार्तामा आफूलाई मात्र २० लाख बढाएर हाल्न लगाएकोमा उनले आक्रोश पोखेको सुनिन्छ । दुबै कम्पनिको प्रस्तावित रकममा रु २० लाख घटी गरि रिपुट इन्जीनियर्सलाई काम दिए आफुलाई मन्जुर छ भन्दै उनले अड्को थापेका छन् । बनले उक्त अडियोमा कमिसनको कुनै मोलमोलाई गरेको सुनिदैन ।
संस्थाका ब्यवस्थापक कृष्ण घिमिरेका अनुसार संस्थाले नेपाल सरकारसँग गत वर्ष ४ करोड रुपैयाँ अनुदान लिने सम्झौता भएको थियो । उक्त रकममध्येको करिब २ करोड रुपैयाँको मेसिन खरिद गर्न टेण्डर आह्वान गरिएको थियो ।

पाँच वटा कम्पनिले टेन्डर फारम खरिद गरे पनि उक्त टेन्डरमा दुई वटा कम्पनिले मात्र सहभागिता जनाएका थिए । सबैभन्दा कम रकमसहितको प्रस्ताव रिपुट इन्जीनियर्स प्रालि पुनेले हालेको थियो । उसले एक करोड ८४ लाख ९९ हजार रुपैयाको विवरण समावेश गरेको थियो भने कुत्ती आबद्ध रहेको कम्पनि ‘प्रोजेक्ट इन्जिनियरिङ सर्भिसेस’ले एक करोड ९२ लाख रुपैयाको विवरण पेश गरेको थियो ।

सार्बजनिक खरिद ऐन अनुसार रित नमिलेपछि कम लागतको पहिलो प्रस्ताव रद्ध गरियो ।

त्यसपछि नियमतः सर्भिसेजले पाउनुपर्ने हो । ‘सर्भिसेजको डकुमेन्ट सबै ठिक थियो,’ उनले भने, ‘तर अगाडीदेखिकै काम र व्यवहार राम्रो नलागेकोले सल्लाह गरेरै उसलाई नदिने भनेर रि टेण्डरमा गयौं ।’

बनकाअनुसार कुत्तिको कम्पनि ‘प्रोजेक्ट इन्जिनियरिङ सर्भिसेस’ लाई नयाँ टेण्डर नदिन संस्थाका अध्यक्ष, ब्यवस्था निर्देशक, ब्यवस्थापकसँग समेतको छलफल भएको थियो । टेन्डर दर्ता गर्ने दिन संस्थाका ब्यवस्थापक कृष्णप्रसाद घिमिरे र बनले सल्लाह गरि जेम्स कुत्तिलाई रु २० लाख रकम बढी हाल्न लगाएको र सोहि कारणबाट सर्भिसेजको टेन्डर नपरेको र बनले आफुलाई धोका दिएको थाहा पाएपछि रिसाएका कुत्तीले अडियो सार्वजनिक गरिदिएका थिए ।

संस्थाका अध्यक्ष बाबुराम खत्रीका अनुसार गलत नियत नभएकोले संस्थाले त्यस विषयलाई समाधान गरिसकेको छ । अडियोका पक्षमा सम्बन्धितसँग कुरा गरेर आवश्यक कारवाही गरिसकेको संस्थाका अध्यक्ष बाबुराम खत्रीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएकोछ ।

यसअघि नै पनि पाँच करोडको ठेक्का पाएर उक्त उद्योगमा मेसिन आपूर्ती र जडानको काम गरिरहेको उक्त कम्पनिको काम चित्तबुझ्दो थिएन ।

यस्तो छ, ‘प्रोजेक्ट इन्जिनियरिङ सर्भिसेज’को बद्मासी
अडियो बाहिर आइसकेपछि निर्माण उपसमितिको माघ २८ गतेको बैठकले बनसँग स्पष्टिकरण मागेको थियो । वनले ८ पेज लामो स्पष्टिकरण लेखेर दिएका छन् ।

स्पष्टिकरणमा आफूले रकम बढाउन भनेको तर संस्थाकै राम्रो होस् भनेर भनेको उल्लेख छ । न्युजलयलाई प्राप्त उक्त स्पष्टिकरणमा बनले सर्भिसेजलाई टेण्डर पार्न नचाहेको कारण स्पष्ट खुलाएका छन् । जडान भएको मेशिनरीमा भएका खरावीको प्रतिवेदन उपसमिति मार्फत सञ्चालक समितिमा दिएको बताएका छन् ।

प्रोजेक्ट इन्जिनियरिङ सर्भिसेजले यसअघिकै जिम्मेवारी पनि सम्झौताअनुसार पुरा नगरेको निर्माण उपसमितिका संयोजक हेमलाल भट्टको भनाई छ । सहमतीअनुसारको उपकरण ल्याएर जडान गर्न भन्दै बन र कुत्तिबिच बारम्बार विवादसमेत भएको थियो ।

उक्त कम्पनिले सम्झौता अनुसारको गुणस्तरीय मेसिन नल्याएको र ल्याएका मेसिन फिर्ता लगेर सम्झौताअनुसारको ल्याउने प्रतिबद्धता सुरुमा जनाएपनि पछि टेरेन । भट्टले भने, ‘कम्प्लेन गर्दा उल्टो उग्र शैलीमा प्रस्तुत हुँदै कामै रोकिदिने सम्मको धम्की दियो ।’

यो सबै विषयमा जानकार भएकैले पनि निर्माण उपसमिति र सञ्चालक समितिलाई कुत्तीको अडियोले प्रभाव नपारेको बताइएको छ । ‘टिका सरले संस्थाको राम्रोका लागि गुणस्तरमा सम्झौता गर्नुभएन, बरु झगडा गर्नुभयो,’ उनलाई नजिकबाट बुझ्ने एक सञ्चालक भन्छन् ।

पहिला नै गुणस्तरीय काम नगरिरहेको उक्त कम्पनिलाई थप मेसिन जडानको जिम्मेवारी दिन संस्था तयार थिएन ।

‘नयाँ कम्पनिलाई बाँकी मेसिन बिक्रि र जडान गर्ने जिम्मेवारी दिन पाए अहिले काम गरिरहेको कम्पनिले गरेको बद्मासी पनि उजागर हुने हामीले सोच्यौं,’ बनले न्युजलयसँग भने, ‘तर त्यो नयाँ टेण्डर पनि आफैले पारेर पुरै सिस्टमलाई नै गुणस्तरहीन बनाउने र हामीलाई गुमराहमा राख्ने कुत्ती लगायत उक्त कम्पनिको नियत थियो ।’

त्यसैले जति कममा पनि टेण्डर हाल्न सर्भिसेज तयार थियो । नयाँ टेण्डर आफूलाई पार्न कुत्तीले बारम्बार दबाब तथा घुमाउरो शैलीमा धम्की दिने गर्थे ।

‘त्यो बेला हाम्रो दिमागले जे सोच्यो, त्यही गर्यौं, तर समग्रमा संस्थाको फाइदाकै लागि थियो,’ उनले भने, ‘टेण्डर नपरोस् भन्नका लागि २० लाख रुपैया थपेर हाल्नु भन्यौं, तर थप्यो, थपेन थाहा छैन ।’

उनका अनुसार कुत्ति कमिसन दिन तयार थिए । ‘पहिलो कम लागतको प्रस्तावले रित नपुगेका कारण नपाएपछि टेण्डर पाउने उनै (कुत्ती)ले नै थियो,’ बनले भने, ‘दिएको भए आज यसरी कुरा आउने थिएन, तर संस्थाको हितमा नभएको र आप्mनो उद्देश्य त्यस्तो नभएकोले टेन्डर प्रकृया रद्ध गरि नयाँ टेण्डर खोल्यौं ।’ उनले थपे, ‘राम्रो काम गर्न खोज्दा कहिलेकाहिँ देख्दा गलत जस्तो देखिएको मात्र हो, तर नियत गलत होइन ।’

यस्तो छ, वनको पृष्ठभूमी
वन दक्ष र बिषयगत ज्ञान भएका सहकारीकर्मी हुन् । उनको नेतृत्वमा केही अघि शान्ती जनकल्याण सहकारी संस्थाले राम्रो प्रगती गरेको थियो । उनकै कार्यकालमा संस्थाले जग्गा खरिद गरि भवन निर्माण गरेको थियो । कामधेनु दुग्ध बिकास सहकारी संस्थाका लेखा संयोजक रहिसकेका बनले कामधेनुमा समेत आर्थिक अपचलन भएको घटना पत्ता लगाई केहि कर्मचारीलाई बरखास्त र अपचलन भएको रकम असुलउपर समेत गराएका थिए ।

उनी अध्यक्ष भएको बेलामा उक्त संस्थामा आर्थिक अपचलनसम्बन्धि विवाद देखिएको थियो । छानविन समितिले उनी अघिका अध्यक्ष खासगरी खेमराज दाहाल र टीकाप्रसाद ओझाको वेवास्ता र लापरवाहीलाई दोषी ठहर्याएको थियो । उनिहरुको कार्यकालमा ३० लाख बढी रकम बैकंबाट झिकी हिनामिना गरेको वार्षिक प्रतिवेदनले देखाएको थियो ।

बनले आर्थिक अनियमिता भएको पत्ता लाए पछी संस्थाका केहि पुर्व सञ्चालकहरु उनि प्रति पुवाग्राहि भएको जानकारहरु बताउछन् । छानविनकै क्रममा संस्थाका ब्यवस्थापक भुपाल कार्कीको निधन भएको भए पनि जिवित रहदै हिनामिना भएको करिव रु. ४२ लाख ८५ हजार स्वीकार गरि कागज गरी आफ्नो श्रीमतीको नाममा रहेको घरजग्गा संस्थामा रोक्का राखेको छानविन प्रतिबेदनमा उल्लेख छ । बन अध्यक्ष हुनु भन्दा अघि नै संस्थामा ६० लाख बढी रकम हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ ।
यता बनको हकमा आर्थिक अनुशासन कायम गर्न, समस्याहरु पत्ता लगाउन, दोषीलाई कारवाही गर्न र पुराना ऋण असुली गर्न सहयोग गरेको भन्दै प्रसंशा गरेको थियो ।

उनीसहितको टिमको सक्रियतामा कामधेनुले सरकारी अनुदान रु ४ करोड पाउने पक्का भएको हो ।

उनलाई नजिकबाट बुझ्नेहरुले पनि इमान्दार र सिस्टमअनुसार काम गर्न चाहने मानिसका रुपमा बुझेको बताएका छन् । ‘टिका सरको काम गराइ फेयर छ,’ उनलाई नजिकबाट चिन्ने एक कर्मचारीले भने, ‘दुई पैसा बचाउँ र राम्रो काम नै गरौं भनिरहनुभएको हुन्छ ।’