भारतको अस्पतालबाट भागेका सुनसरीका कोरोना संक्रमित फेला परे

Newslaya Home

भारतको अस्पतालबाट भागेका सुनसरीका कोरोना संक्रमित फेला परे

मङ्गलबार २५, चैत २०७६

इनरुवा । भारतमा उपचारकै सिलसिलामा भागेका कोरोना संक्रमित नेपाली फेला परेका छन् । सोमबार अस्पतालबाटै भागेका सुनसरीका ती व्यक्ति मंगलबार फेला परेका हुन् । उनी भाग्नुको कारणबारे प्रहरीले सोधखोज गरिरहेको छ ।

दिल्लीको निजामुद्दिन क्षेत्रमा भएको तबलिगी जमात भेलामा सहभागी सुनसरीका जमाती मुल्ला मोल्बी उत्तर प्रदेशको बागवत अस्पतालको झ्यालको सिसा फोडेर भागेका थिए । उनी अस्पतालबाट भागेर नेपाल छिरेको आशंका गरिएको थियो ।

सो विषयमा त्यहाँको सञ्चारमाध्यमका साथै सामाजिक सञ्जालमासमेत सुचना जारी गरिएको थियो ।