कालोबजारी आरोपमा जगदम्बा स्टिल्सका सञ्चालक अग्रवाल पक्राउ

Newslaya Home

कालोबजारी आरोपमा जगदम्बा स्टिल्सका सञ्चालक अग्रवाल पक्राउ

मङ्गलबार २५, चैत २०७६

काठमाण्डौ । जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक तथा शंकर ग्रुपका मालिक सुलभ अग्रवाल कालोबजारी गरेको आरोपमा पक्राउ परेका छन्।

मंगलबार(आज) महानगरीय प्रहरी अपराध महाशाखाको अग्रवाललाई नक्सालबाट पक्राउ गरेको हो। उनले तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा पक्राउ गरेको महाशाखाले जनाएको छ ।