मालीको सैनिक अखडामा हमला हुँदा २३ सैनिकको मृत्यु

Newslaya Home

मालीको सैनिक अखडामा हमला हुँदा २३ सैनिकको मृत्यु

मङ्गलबार २५, चैत २०७६

काठमाण्डौ । अफ्रिकी मुलुक मालीको उत्तर–पूर्वी गाओ क्षेत्रको एक सैनिक अखडामा बन्दुकधारीले गरेको हमलामा परी २३ जना सैनिकको हत्या भएको स्थानीय स्रोतलाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले जनाएका छन् ।

बाम्बा शहरको नाइजर नदीको किनारामा रहेको सैनिक अखडामा उक्त हमला भएको थियो । कार र मोटरसाइकलमा चढेर आएका आक्रमणकारीले शहरमा आक्रमण गरेका थिए ।

कोरोनाभाइरसका कारण माली सरकारले स्वास्थ्य आपतकाल घोषणा गरेकै बखत यस्तो आक्रमण भएको छ ।