जनता स्कुलका विद्यार्थीले दिनको १ रुपैया बचत गरेको पैसा कोरोनाविरुद्धको कोषमा जम्मा

Newslaya Home

जनता स्कुलका विद्यार्थीले दिनको १ रुपैया बचत गरेको पैसा कोरोनाविरुद्धको कोषमा जम्मा

मङ्गलबार २५, चैत २०७६

इटहरी । प्रकोप व्यवस्थापन कोष इटहरीलाई जनता माविका विद्यार्थीहरुलेसमेत एक लाख १ हजार रुपैया सहयोग गरेका छन् ।

विद्यार्थीहरुले स्थापना गरेको समाज कल्याण कोषबाट प्रकोप व्यवस्थापन कोष इटहरी नगरपालिकालाई उक्त रकम सहयोग गरेको विद्यालयका प्रिन्सिपल छत्रपति ढुंगेलले जानकारी दिए । अति बिपन्न बालबालिकालाई सहयोग गर्नका लागि स्कुलमा अध्ययनरत विद्यार्थीहरुले जम्मा गरेको दिनको १ रुपैयाबाट नगरपालिकालाई सहयोग गरिएको हो ।

उक्त कोषबाट यसअघि पनि पटक पटक सामाजिक कार्य गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले जानकारी दिए । उक्त हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य शिवराज दाहाल, बिमला ढकाल, राजन खत्री, सहायक प्राचार्य पशुपति सिग्देल, एकाउन्टेन्ट सुरेश सिग्देललगायतको उपस्थिती थियो ।

स्कुल विद्यार्थीहरुलाई कसरी समाजसेवा र समाज कल्याण गर्न सकिन्छ भनी सिकाउने प्रयासमा रहेको दाहालले बताए ।