अस्पतालबाट भागेकी एक महिला पक्राउ

Newslaya Home

अस्पतालबाट भागेकी एक महिला पक्राउ

मङ्गलबार २५, चैत २०७६

जनकपुरधाम । धनुषाको जनकपुर स्थित प्रादेशिक अस्पतालबाट फरार भएकी महिला पक्राउ परेकी छिन् ।

रुघाखोकी र ज्वरो आएपछि कोरोनाको आशंकामा अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो । आइसोलेसनबाट फरार भएकी ती महिलालाई पक्राउ गरी पुनः आइसोलेशनमा राखिएको प्रहरीले जनाएको छ ।

उनी भारतको बिहार राज्यको झँझारपुरबाट एक साताअघि नेपाल आएकी हुन् ।