कक्षा ११ र १२ को परीक्षा स्थगित

Newslaya Home

कक्षा ११ र १२ को परीक्षा स्थगित

मङ्गलबार २५, चैत २०७६

काठमाडौँ । आगामी वैशाखबाट हुने भनिएको कक्षा ११ र १२ को परिक्षा स्थगित भएको छ ।

मंगलबार दिउँसो बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले अर्को सूचना जारी नभएसम्म कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

‘कोरोना भाइरस (कोभिड–१९) का कारण देश लकडाउनमा रहेकोले तत्कालका निम्ति निर्धारित परीक्षा तालिका लागि स्थगित गर्ने निर्णय भएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।

बोर्डले आगामी वैशाख ८ गतेबाट कक्षा १२ र वैशाख २१ गतेबाट कक्षा ११ को परीक्षा तालिका तोकेको थियो । कक्षा ११ र १२ मा करिब ९ लाख ६२ हजार परीक्षार्थी रहेका छन् ।