कोरोना विरुद्ध राहत संकलनमा सुकुना क्याम्पसको सहभागिता

Newslaya Home

कोरोना विरुद्ध राहत संकलनमा सुकुना क्याम्पसको सहभागिता

–प्रमोद गेलाल
मङ्गलबार २५, चैत २०७६

विराटचोक । मोरङको सुन्दरहरैचा–१२ मा रहेको सुकुना बहुमुखी क्याम्पसले राहत संकलनमा सहभागिता जनाएको छ ।

मंगलबार क्याम्पसले प्राध्यापक, कर्मचारीहरुको तर्फबाट एक दिनको तलब बराबर हुन आउने रकम रु. १ लाख २ हजार १७४ रुपैयाँ राहत कोषमा जम्मा हुने गरि हस्तान्तरण गरेको हो ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट सिर्जित महामारीबाट उत्पन्न परिस्थितिको सामना गर्न सुन्दरहरैचा नगरपालिकाले आफ्नो भूमिका सशक्त बनाइरहेको बेला प्रदेश एकको उत्कृष्ट क्याम्पसको रुपमा परिचित सुकुनाले सो रकम सुन्दरहरैचा राहत विपत कोषका सदस्य तथा संघसंस्था समन्वय समितिका संयोजक केदार प्रसाद गुरागाईलाई हस्सतान्तरण गरेको छ ।

कोरोनाबाट त्रसित हैन संयमित बनौं, कोरोना विरुद्ध एकजुट भएर लागौं भन्ने भावनाका साथ क्याम्पसका सम्पूर्ण कर्मचारी तथा प्राध्यापकको समझदारीमा सो रकम जम्मा गरिएको हो ।