भोजपुर कारागारबाट पाँच जना कैदी मुक्त

Newslaya Home

भोजपुर कारागारबाट पाँच जना कैदी मुक्त

मङ्गलबार २५, चैत २०७६

भोजपुर । भोजपुर कारागारबाट पाँच जना कैदी कैदमुक्त भएका छन् ।कोरोना भाइरसको विषम परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला कारागार कार्यालय भोजपुरका पाँच जना कैदी छुटेका हुन् ।

बहुविवाह मुद्दामा जेल जिवन विताइरहेका उनीहरुले बाँकी अवधीको कैदको रकम भुक्तान गरेपछि सोमवार कैदमुक्त गरिएको जिल्ला कारागार कार्यालयले जनाएको छ ।

एक–एक वर्ष कैद सजाय तोकिएकोमा ८ महिना ३ दिन कैद भुक्तान गरि बाँकी तीन महिना २७ दिनको रकम भुक्तान गरी दुई जना कैद मुक्त भएका हुन् । अरुण गाउँपालिका –४ का टंक विश्वकर्मा, पवित्र भन्ने बसन्ती विश्वकर्मा र ५ महिनाकी छोरी भावना विश्वकर्मा कैदमुक्त भएका छन् ।

यस्तै एक र एक वर्ष कैद सजाय तोकिएकोमा ८ महिना १२ दिन कैद भुक्तान गरि बाँकी तीन महिना १८ दिनको रकम भुक्तान गरी दुई जना र सात महिना कैद भुक्तान गरी बाँकी ३ सय ६३ दिनको रकम भुक्तान गरेपछि एक महिला कैदमुक्त भएको कारागार कार्यालय भोजपुरले जनाएको छ ।

कैदमुक्त हुनेमा आमचोक गाउँपालिकाका दुई र हतुवागढी गाउँपालिका बस्ने एक जना रहेका छन् । भोजपुर कारागारमा ९६ पुरुष, १३ महिला र दुई आसृत नाबालक गरी एक सय आठ जना रहेका छन् ।